२५ कार्तिक २०८३, बुधबार

धुर्मुस-सुन्तलीसँगै डोकोमा ढुङ्गा बोकेर पुनःनिर्माणमा सघाउँदै सांसद (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sansad-working

– शिवशक्ति आचार्य
काठमाडौं, २ जेठ । शनिबार सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ८ गिरानचौर स्थित धुर्मुस सुन्तली फाउन्डेसनद्वारा निर्माणाधिन एकीकृत नमुना वस्ती पुग्दा अलिक फरक दृश्य देखिन्थ्यो । सांसददेखि स्थानीय नेता कार्यकर्तासँगै रिपोर्टिङका लागि त्यहाँ पुगेका पत्रकार सम्ममा एउटा समानता थियो, उनीहरू सबै धुर्मुस सुन्तली एकीकृत नमुना बस्तीका लागि श्रमदान गरिरहेका थिए । दृश्य नै यस्तो थियो त्यहाँ की हरकोही स्वस्फुर्त श्रमदान गरिरहेका थिए । कलाकार सिताराम कट्टेल –धुर्मुस आफैँ टाउकोमा क्याप टोपी, खैरो सर्ट र कालो ट्रयाक र खुट्टामा चप्पल लगाएर ढुङ्गा पास गरिरहेका थिए भने उनको आडैमा थिए सोही त्रका सांसद शेरबहादुर तामाङ । अन्य उपस्थित ब्यक्तिसँगै त्यहाँ पुगेका पत्रकारहरू समेत रेकर्डर र कलम अर्कोतिर थन्काएर ढुङ्गा पास गरिरहेका थिए ।

Sansad- (1)

अरुबेलामा विभित्र कार्यक्रममा सुकिलो–मुकिलो बनेर भाषण गरिरहेको अवस्थामा देखेका आफ्नो सांसद यसरी धुश्रो मैलो भएर ढुङ्गा पास गरिरहेको देखेर स्थानीय जनताहरू दङ्ग थिए । सेतो टिसर्ट र कालो ट्रयामा श्रमदान गरिरहेका सांसद तामाङ अरुलाई काम गर्न हौसाइरहेका थिए । निकै बेर लाइनमा ढुङ्गा पास गरेपछि अरु थकाइ मार्न बसे भने तामाङ धुर्मुससँगै नजिकैको डोको पिठ्यूमा बोक्नतिर लागे । तामाङले लगातार १० डोका ढुङ्गा बोकेका थिए ।

श्रमदान पश्चात तामाङले नमुना वस्तीको नक्सा अवलोकन गरेका थिए । स्थानीय जनतासँगै बसेर दालमोठ चिउरा खाँदै सांसद तामाङ गफिदैँ भन्दै थिए, “मैले पहिलेदेखि नै भन्दै आएको हुँ, अबको बस्ती एकीकृत बस्ती हुनुपर्छ भनेर, धुर्मुस सुन्तली फाउन्डेसनको पहल कदमीलाई स्थानीय जनताले एकजुट भएर साथ दिएका छन् यसबाट सबैले पाठ सिक्नुपर्छ । अन्य ठाउँहरूमा पनि एकिकृत वस्ती निर्माणको सुरुवात गर्न अब ढिला गर्न हुँदैन ।” तामाङले यसो भनिरहँदा उपस्थित सबैले हो मा हो मिलाएका थिए ।

४ करोड ७२ लाख लागतमा निर्माणाधिन उक्त नमुना वस्तीमा ६५ घर परिवारले बास पाउनेछन् । हालसम्म देश तथा विदेशबाट ३४ लाख लगत नगद सङ्कलन भएको धुर्मुसले जानकारी दिए ।

Sansad- (6) Sansad- (5) Sansad- (4) Sansad- (3) Sansad- (2)