२५ कार्तिक २०८३, बुधबार

मधेसवादी दलका कार्यकर्ता चढेका १८ बस थानकोटमा प्रहरी समात्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २ जेठ । राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलको एकीकृत संस्था संघीय गठबन्धनका कार्यकर्ता चढेका ३१ वटा बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गठबन्धनका प्रेस संयोजक महेश चौरासियाका अनुसार थानकोटमा १८ वटा र धादिङको नैबिसेमा १३ वटा बसलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सिंहदरबार घेराऊ कार्यक्रममा सहभागी हुन विभिन्न जिल्लाबाट आइरहेका आन्दोलनकारी चढेको ती बसहरुलाई प्रहरीले बिना कारण रोकेर राखेको उनले बताए ।

‘यसबाहेक सिंहदरबार पुग्न नदिन प्रहरीले राजधानीको विभिन्न स्थानमा आन्दोलनकारीलाई अवरोध सिर्जना गरेको छ’ प्रेस संयोजक चौरासियाले भने- ‘यद्यपी प्रहरी अवरोधका बावजूद आन्दोलनकारीले आइतबार बिहानैदेखि सिंहदरबार क्षेत्र पूर्णरुपमा ठप्प पारी कब्जा जमाएर बसेका छन् ।’

जेठ १ देखि आन्दोलन सुरु गरेको गठबन्धनले आज सिंहदरबार घेराऊ गरेको छ ।