२५ कार्तिक २०८३, बुधबार

सरकारले जनचाहना अनुरूप काम गर्न सकेनः कांग्रेस नेता महत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prakash-Saran-mahatवासिङ्टन डिसी, २ जेठ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतले सरकारले संविधान कार्यान्वयन, मधेसका मागमा उदासीनता र जनताको चाहना अनुरूप पुनःनिर्माणमा काम गर्न नसकेको आरोप लगाएका छन् ।

अमेरिका भ्रमणमा रहेका महतले आइतबार रासससँग कुरा गर्दै सरकारको विकल्प खोज्नु स्वाभाविक भएको बताए ।

महतले काँग्रेसले आगामी वर्ष आयोजना गरिने महासमितिको बैठकबाट पार्टी साङ्गठनिक संरचनाको सुधारमा जाने बताए । उनी अमेरिकामा रहेका कांग्रेस समर्थित जनसम्पर्क समितिका विभिन्न कार्यक्रममा समेत सहभागी भएका छन् । रासस