२५ कार्तिक २०८३, बुधबार

सिंहदरबार मधेसवादी दलको कब्जामा, माइतीघरमा झडप (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-6

काठमाडौं, २ जेठ । राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको मधेसवादी दलहरुको एकीकृत संस्था संघीय गठबन्धनले आइतबार देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार घेराऊ गरेको छ ।

संघीय गठबन्धनका प्रेस संयोजक महेश चौरासियाका अनुसार मधेशी मोर्चा सम्मिलित २९ दलीय संघीय गठबन्धनको नेतृत्वमा आइतबार सिंहदरबार घेराऊ गरिएको हो ।

उनका अनुसार आन्दोलनकारीले पश्चिमतर्फ माइतीघर मण्डला र दक्षिततिर हनुमान स्थानमा कब्जा जमाएका छन् ।

झन्डा व्यानरसहित राजधानीको विभिन्न स्थानबाट आउँदै गरेका आन्दोलनकारीलाई प्रहरीले बिहानैदेखि धरपकड गर्ने, भन्डा खोस्ने र कृतिम निषेधित क्षेत्र भन्दै बाटो अवरुद्ध गरेपनि प्रहरीको प्रयास विफल भएको छ ।

morcha-8

‘प्रहरीले आन्दोलन बिथोल्न र त्यसलाई उत्तेजक बनाउन खोजे पनि पूर्वघोषित धर्ना र घेराऊको आन्दोलन शान्तिपूर्ण रुपमा जारी छ’ उनले भने– ‘राज्यबाट बहिष्कृत मधेशी र जनजाति समुदायको ऐतिहासिक सहकार्यले पहिचान, अधिकार र संविधान पुनर्लेखनको लागि संघर्षरत आन्दोलनकारीले आज सिंहदबार कब्जा गर्न सफल भएका छन् ।’

माइतीघरमा झडप
यसैबीच संघीय गठबन्धनको सिंहदरबार घेराउनको क्रममा माइतीघर मण्डलमा झडप भएको छ । प्रहरीले हस्तक्षेप गर्न खोजेपछि सामान्य झडप भएको प्रेस संयोजक चौरासियाले बताए । त्यसक्रममा आन्दोलनकारीले एउटा बसमा तोडफोड समेत गरेका थिए ।

मोर्चाका कार्यकर्ताले निषेधित क्षेत्र पार गर्न खोज्दै प्रहरीको लगाएको तारजाली हटाउन खोजेपछि झडपको स्थिती सिर्जना भएको र कसैलाई पनि चोट नलागेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

morcha-7morcha morcha-1 morcha-2 morcha-3 morcha-4 morcha-5

फोटो सौजन्यः महेश चौरासिया ।