८ कार्तिक २०८३, आइतबार

लोकमानले कार्यविधि च्यापेर किन यस्तो गम्भीर कार्य गरे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokman-singh-karkiकाठमाडौं, २ जेठ । राष्ट्रिय मानवअधिकार आयोगका प्रमुख अनुपराज शर्माको व्यक्तिगत सुरक्षामा नेपाल प्रहरी मुख्यालयले २ जना सुरक्षाकर्मी खटाएको छ ।

तर समान हैसियतका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको सुरक्षामा मुख्यालयले २९ जनाको डफ्फा पठाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० अनुसार संवैधानिक अंगका प्रमुखको कानुनी हैसियत एकै भए पनि कार्कीले शर्माको भन्दा ११ गुणा बढी सुरक्षाकर्मी पाएका हुन् ।

कार्यविधिले सवैधानिक अंगका प्रमुखले पाउने सुरक्षाकर्मीको संख्या २ जना प्रहरीमात्रै तोकेको छ ।

कार्की र अन्य मन्त्रालयको हकमा भने गृह मन्त्रालयले कार्यविधि मिचेको छ ।