१ कार्तिक २०८३, आइतबार

हजुरबाका पालाका गाडी चढ्दै नाति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gadiकाठमाडौँ, १ जेठ । राजधानीको बबरमहलस्थित नेपाल कला परिषद् भवन परिसरमा पुराना गाडीको प्रदर्शनी आजदेखि सुरु भएको छ ।

राजा, राणा र व्यापारिक घरानियाले प्रयोग गर्दै आएका झन्डै एक शताब्दी पुराना गाडी प्रदर्शनीमा राखिएका छन् । नासा, अटो नेपाल, सोलिड्यारिटी फन्ड लगायत संस्थाको सहयोगमा सञ्चालित प्रदर्शनीमा विभिन्न कम्पनीका २० भन्दा बढी गाडीको अवलोकन गर्न सकिने आयोजक संस्थाका प्रतिनिधि गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

सन् १९५६ मा त्रिभुवन राजपथ निर्माण हुनु अगावै भरियाले बोकेर राजधानीमा गाडी भित्र्याएपछि यहाँ सर्वसाधारणले गाडीको उपयोग गरेको देखिन्छ । सार्वजनिक यातायातका संस्थापकद्वय करुणरत्न तुलाधर र लुपौरत्न तुलाधर हुन् । तत्कालीन सरकारले संस्थापकद्वयका नाममा हुलाक टिकटसमेत निष्काशन गरेको थियो ।

विद्यालयतर्फ पहिलो पटक सन् १९७० मा आनन्दकुटी विद्यापीठ स्कुलले काठमाडौँमा विद्यार्थी ल्याउन लैजान ७४ नं को डोडर्जी लरी गाडी प्रयोगमा ल्याएको थियो । नेपालमा अझै पनि पुराना गाडीको प्रयोगकर्ता छन् । सन् १९६८ मा हजुरबाले चढेको मर्सिडिज बेन्च कार अहिलेसम्म चढेको नाति वीरेन्द्र प्रधान बताउनुहुन्छ । पुराना गाडीको पार्टस् मुस्किलले फेला पर्छन् । कार हतपती नबिग्रने र मर्मत तथा सम्भारका लागि अटोमेकानिक्स खोजी रहनुनपर्ने उहाँको भनाइ छ ।

सौखिन र दाम भएकाको लागि पुराना गाडीको लोकप्रियता अझै हराएको छैन । प्रदर्शनी सोमबारसम्म चल्ने छ । रासस