२५ कार्तिक २०८३, बुधबार

स्थानीय निर्वाचनको तयारीमा लाग्नुस्: ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pradeep-gyawali– मोहन पौडेल
नवलपरासी, १ जेठ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले सरकारले तोकेकै समयमा स्थानीय निकायको चुनाव हुने बताउनुभएको छ ।

नवलपरासीको सुनवलमा कार्यकर्ता भेटघाटको क्रममा बोल्दै नेता ज्ञवालीले चुनावका लागि रहेका कानुनी बाधा व्यवधानलाई सरकारले पन्छाएर तोकेकै समयमा चुनाव गराउने बताउनुभएको हो ।

चुनावका लागि सरकारले तयारी सुरु गरिसकेको भन्दै ज्ञवालीले कार्यकर्तालाई पनि चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो ।

एमाले सचिव ज्ञवालीले वर्तमान सरकार अर्काे संसदीय चुनाव नहुँदा सम्म कायमै रहने पनि दावि गर्नुभयो । निति तथा कार्यक्रम मार्फत एमाले लोकप्रिय हुने त्रासले सरकार परिवर्तनको खेल खेलिएको भन्दै उहाँले अव त्यो सम्भावना नरहेको बताउनुभयो ।