२५ कार्तिक २०८३, बुधबार

पूर्व महासचिव ‘बादल’को केन्द्रीय समितिमा के–के हुँदैछ निर्णय ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist leaders, Ram Bahadur Thapa (left) and Mohan Baidyaकाठमाडौं, १ जेठ । नेकपा (माओवादी क्रान्तिकार)का नेता तथा पूर्व महसचिव रामबहादुर थापा ‘बादल’ले केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ ।

ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको मुख्यालयमा बस्ने बैठकमा एमाओवादीसँगको पार्टी एकीकरणका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार आजको बैठकले एमाओवादीसँग पार्टी एकीकरण गरेर जाने विषयमा अन्तिम निर्णय हुनेछ ।

आवश्यक परे ‘बादल’को अध्यक्षतामा बस्न लागेको यो केन्द्रीय समिति बैठकले अध्यक्ष मोहन बैद्यलाई कारबाहीसम्मको प्रस्ताव अगाडि बढाउने स्रोतको दाबी छ ।

तर, बादल समूहका केही नेताहरूले बहुमतबाट पार्टी एकता गर्ने निर्णय गर्ने र जो आउँछन् उनीहरूलाई लिएर जाने नआउनेलाई यथावत छाड्ने बताउने गरेका छन् ।

एमाओवादीसँगको पार्टी एकीकरण गर्न पूर्व महासचिव बादलले प्रचण्डसँग १२ बुँदे गरिसकेको भन्दै अध्यक्ष बैद्यले आइतबारका लागि आफूले बोलाउनुभएको केन्द्रीय समिति स्थगित गर्नुभएको थियो ।

विभाजनको अन्तिम संघारमा रहेको नेकपा (माओवादी क्रान्तिकारी)का विषयमा आजदेखि छिनोफानो हुनेछ । स्रोतका अनुसार बादल समूहले पार्टी एकीकरणका लागि वार्ता टोली पनि बनाउन सक्नेछ ।