२५ कार्तिक २०८३, बुधबार

प्रचण्डले बोलाए केन्द्रीय समिति, समग्र विषयमा गम्भीर छलफल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं, १ जेठ । सत्तारुढ एकीकृत माओवादीले विभिन्न माओवादी पार्टीहरूसँगको पार्टी एकीकरणका विषयमा छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ ।

कोटेश्वरस्थित पार्टी मुख्यालयमा आज बिहान ११ बजेपछि बस्ने बैठकमा छुट्टिएर गएका माओवादी पार्टीहरूसँगको एकीकरणका विषयमा छलफल हुनेछ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निजी सचिवालयका अनुसार यसैसाताभित्र साना पाँच माओवादी पार्टीबीच गर्ने भनिएको एकीकरणका विषयमा छलफल हुनेछ ।

रामबहादुर थापा ‘बादल’, मणि थापा, मातृका यादवलगायतका दलसँगको पार्टी एकीकरणका विषयमा बैठकमा छलफल हुनेछ ।

केन्द्रीय समितिमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारको कामकारबाहीका विषयमा पनि छलफल हुने बुझिएको छ ।