८ कार्तिक २०८३, आइतबार

प्रचण्डले पार्टीको नाम परिवर्तन गर्ने, यस्तो छ नयाँ नाम

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर
काठमाडौं, १ जेठ । माओवादीका नेताहरूले एकतापछि पार्टीको नाम फेर्न सकिने विषयमा छलफल भइरहेको जनाएका छन् ।

तर, नाम के राख्ने भन्ने विषयमा छलफल अझै जारी रहेको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

एकीकृत माओवादी नै नाम राख्ने, युद्धकालकै नाम नेकपा (माओवादी) राख्ने अथवा नेपाल कम्युनिस्ट पार्टी मात्रै राख्ने विकल्पमा छलफल भइरहेको नेताहरूले बताएका छन् ।

नेकपा (माओवादी) संयोजक मातृका यादवले नाम पुरानै राख्न नेताहरूको बैठकमा लिखित प्रस्ताव नै राखेका छन् ।

प्रचण्डले पनि नामका विषयमा आफू लचक हुन तयार रहेको बताएका छन् ।

यस्तै माओवादीका चार समूहले मोहन वैद्यविनै जेठ पहिलो साता पार्टी एकता गर्ने भएका छन् ।

प्रचण्ड नेतृत्वको एमाओवादीसाग एकता गर्न नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव रामबहादुर थापा बादलको नेतृत्वमा बहुमत सदस्य, मातृका यादवको नेकपा (माओवादी), मणि थापाको क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेत्रविक्रम चन्दको नेकपा माओवादीका केही केन्द्रीय नेताहरूबीच सहमति भएको छ ।

माओवादी समूहहरू मिलेर एकताको राष्ट्रिय महाधिवेशनमा जाँदै छन् ।

त्यसैले अहिले ४९९ सदस्य रहेको महाधिवेशन आयोजक समिति बन्ने भएको छ ।

यो समितिमा एकीकृत माओवादीका तीन सय र बादल नेतृत्वको माओवादीका १६१ जना सदस्य रहनेछन् ।

बाँकी ३८ जना मातृका यादव, मणि थापा र विप्लव समूहका केही सदस्य पर्नेछन् ।

त्यस्तै, लामो समयदेखि निष्क्रिय रहेका जयपुरी घर्ती र कुमार दाहाल पनि आयोजक समितिमा रहनेछन् ।