८ कार्तिक २०८३, आइतबार

एनसेलको ठूलो ‘काण्ड’ बाहिर आयो, नेपाली जनता डुबाउने खेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ncell-1काठमाडौं, १ जेठ । एनसेल कर विवाद सल्टिएको भए पनि स्विडेनको बहुचर्चित टेलिकम संस्था टेलियासोनेराले मलेसियास्थित एक्जिक्टा कम्पनीलाई आफ्नो कम्पनी बेच्ने क्रममा गरेका केही रहस्यमय गतिविधिबारे जानकारी प्राप्त भएका छन् ।

प्राप्त जानकारी अनुसार माघ ८ गते शुक्रबार अबेर त्रिभुवन विमानस्थलमा एउटा प्राइभेट जेट (फ्लाइट नम्बर जेईएफ ३३) अवतरण गर्‍यो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

त्यसमा सवार थिए टेलियासोनेराका बरिष्ठ अधिकारी र एनसेल ग्रुपका कार्यकारी प्रमुखजोहन डेनलिन्ड ।

त्यो विमानको अवतरण र प्रस्थानलाई लिएर अहिले छानबिन हुन लागेको एक उच्चस्तरीय सरकारी अधिकारी स्रोतले बतायो ।

विमान फिनल्याण्डबाट भाडामा ल्याइएको थियो र बाकु अजरबैजानमा रिफ्युल गरिएको थियो ।

उक्त टोलीले राजनीतिक तथा प्रसाशनीक तहमा भेटघाट गरेको थियो ।