८ कार्तिक २०८३, आइतबार

सभापति देउवालाई पार्टीभित्रै ठूलो असहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deubaकाठमाडौं, १ जेठ । कांग्रेस सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ ।

पार्टीमा छलफल नै नगरी सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममाथि सभापति देउवाले निकट व्यक्तिलाई संशोधन हाल्न लगाएको गुनासो गर्दै सदस्यहरूले तत्काल केन्द्रीय समिति बैठक बोलाउन माग गरेका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम, आगामी बजेटका साथै सरकार परिवर्तनको असफल खेलका विषयमा छलफल गर्न बैठक आवश्यक भएको उनीहरूको दाबी छ ।