२५ कार्तिक २०८३, बुधबार

उपेन्द्रले दिए कडा चेतावनी, त्यस्तै भए कदापि नछाड्ने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-yadavकाठमाडौं, ३१ वैशाख । संघीय गठबन्धनले सरकार आफूहरूको सिंहदरबार घेराउको कार्यक्रमबाट आतंकित भएको आरोप लगाएको छ ।

काठमाडौंको तिनुकनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा गठबन्धनका संयोजक उपेन्द्र यादवले सिंहदरबार घेराउको कार्यक्रमबाट आवश्यक्ताभन्दा बढी आतंकित भएको बताउनुभयो । ‘राज्यले आन्दोलन दमन गर्नका लागि बिभिन्न बहाना बनाइ रहेको छ’, उहाँले भन्नुभयो, ‘दमन भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी राज्य पक्ष हुनेछ ।’

उहाँले आफूहरूको सिंहदरबार घेराउ कार्यक्रम शान्तिपूर्ण हुने भन्दै दमन भए ‘इट्टाको जवाफ पत्थरले दिन्छौँ’ भन्नुभएको छ । जेठ – २ गतेदेखि निरन्तर सिंहदरबार घेराउ गर्ने संयोजक यादवले बताउनुभयो ।

यादवले भन्नुभयो, ‘राज्यले आतंक सिर्जना गर्न खोजेको छ । यदि दमन गरेमा गृहयुद्ध निम्तिन सक्छ ।’

यादवले अगाडि भन्नुभयो, ‘आन्दोलन दबाउन सेना परिचालन गर्न खोजेको भन्ने पनि सुनेको छु । हाम्रो सेना भनेको जनता हो, त्यसको जवाफ जनताले दिन्छन् ।’

सरकारले मधेसी मोर्चालाई फुटाउन खोजेको भन्दै उहाँले आरोप लगाउनुभयो । सरकारसँग विगतमा पटक–पटक वार्ता भएपनि सरकारले माग सम्बोधनका लागि चासो नदिएकाले फेरि वार्ता गर्नुको औचित्य नभएको यादवले बताउनुभयो ।

यादवले एमाओवादी अध्यक्ष प्रचण्डलाई केपी ओलीको घोंडालाई घाँस हाल्ने घँसियाको संज्ञा दिनुभयो । यादवले भन्नुभयो, ‘प्रचण्डसँग हिजो हाम्रो सम्बन्ध थियो, सरकार पनि सँगै चलायौं । तर उनी केपी ओलीको घोड घँसिया जस्तो भए ।’

कार्यक्रममा तमलोपाका सहअध्यक्ष हृदयश त्रिपाठीले मधेसी मोर्चामा कुनै विवाद नरहेको दाबी गर्नुभयो । मधेसी समुदायका माग सम्बोधनका लागि सबै एक भएर आन्दोलनमा होमिएको उहाँले दाबी गर्नुभयो ।