२५ कार्तिक २०८३, बुधबार

मलेशियामा दुःख पाएका छ नेपालीको उद्दार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Malesiyaकाठमाडौं, ३१ वैशाख । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेर दुःख पाएका छ नेपालीको उद्दार भएको छ ।

उद्दार हुनेमा रौतहटका नीलबहादुर राई, पाँचथरका बुद्धवीर तामाङ, यमबहादुर वली, ओखलढुङ्गाका अनुप दाहाल, भक्तपुरका विनोद तामाङ र दोलखाका नरसङ तामाङ छन् ।

उनीहरू गत वर्ष असारमा मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा गएका थिए ।

तर, अन्य कम्पनीमा काम लगाई दुस्ख पाएको उनीहरू अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा परे ।

नेपालीहरू अलपत्र परेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको हटलाईन ११७७ मा गत चैतमा खबर भएको थियो ।

महाशाखाको विशेष पहलमा मलेशिया स्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको उद्दार भएको छ ।