२५ कार्तिक २०८३, बुधबार

गठबन्धनको पत्रकार सम्मेलन तिनकुनेमा, चुरेभावरको गोप्य प्रशिक्षण लगनखेलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Badriprasad Neupaneकाठमाडौं, ३१ वैशाख । चुरेभावर क्षेत्रलाई समेटेर संघीय प्रदेशको माग गर्दै आएको चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले जनतालाई दुःख दिएर कसैले पनि आफ्ना कार्यक्रम ल्याए त्यसको प्रतिकार गर्ने चेतावनी दिएको छ ।

मधेसी मोर्चासहितका दलहरू आबद्ध संघीय गठबन्धनले काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा पत्रकार सम्मेलन गरिरहेका बेला ललितपुरका लगनखेलमा आज (शुक्रबार) उपत्यकास्तरीय कार्यकर्ता प्रशिक्षण चलाएको चुरेभावर पार्टीले आइतबारदेखि हुन थालेको सिंहदरबार घेराउ कार्यक्रमप्रति लक्षित गर्दै आफ्नो प्रशिक्षण गरिएको जनाएको छ । धेरै हल्लाखल्ला नगरेर गरिएको गोप्य प्रशिक्षण कार्यक्रममा चुरेभावर पार्टीका शान्ति सेनाहरूले पनि सुरक्षा दिएका थिए । प्रशिक्षणमा करीव साढे तीनसय अगुवा कार्यकर्ता रहेको चुरेभावर पार्टीले दाबी गरेको छ ।

प्रशिक्षणमा सहभागी अगुवा कार्यकर्ताकालाई निर्देशन दिँदै चुरेभावर पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले अनिश्चितकालीन बन्द, हड्ताल, घेराबन्दीका कार्यक्रम कुनै पनि राजनीतिक दल वा संघस्थाले ल्याएमा त्यसको प्रतिकार गर्ने बताउनुभयो । ‘जनतालाई दुःख दिने कार्यक्रमको हाम्रो पार्टीले सधै विरोध गर्दै आएको छ’, उहाँले भन्नुभयो, ‘राजधानीका जनताको साथमा चुरेभावर पार्टी छ । देश र जनताविरुद्ध हुने कुनै पनि कार्यक्रमको हामी कडा विरोधी हौँ ।’

लगनखेलस्थित खचाखच भरिएको पार्टी प्यालेमा निर्देशन दिँदै अध्यक्ष न्यौपानेले अनिश्चितकालीन घेराबन्दी, बन्दी आमहड्ताल जस्ता कार्यले देश र जनतालाई असर पर्ने भएको हुनाले त्यसका विरुद्ध चुरेभावर जहिले पनि मैदानमा उत्रने बताउनुभयो ।

‘राजनीतिक माग राख्न सबैले पाउँछन्’, उहाँले भन्नुभयो, ‘तर, राजनीतिक मागको नाममा देशलाई अस्तव्यस्त बनाउने, जनताको दैनिकी कष्टकर बनाउने खालका कार्यक्रम ल्याएमा त्यसको प्रतिकारमा चुरेभावर जान्छ ।’ उहाँले आफ्ना अगुवा कार्यकर्तालाई आन्दोलनका लागि सडकमा जतिवेला पनि जानुपर्ने अवस्था रहेको भन्दै तयारी हालतमा रहन निर्देशन दिएको छ ।

प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष हरि पोखरेल, सचिवद्वय उमेश पराजुली र संगम लामा, केन्द्रीय सदस्यहरू विदुर घिमिरे, मणि भण्डारी, सीवी तामाङ, ध्रुब भट्टराई, कृष्ण लामा, नीमा लामा, उपत्यका कार्यकर्ता परिचालन समितिका संयोजक शुकमान लामालगायतको उपस्थिति रहेको थियो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको नाकाबन्दी र तराई बन्दका बेला प्रतिकारमा उत्रिएको चुरेभावर पार्टीले आफ्नो कार्यक्रमलाई राजधानी
केन्द्रित बनाउने थालेको छ । उसले आफ्ना गतिविधिलाई राजधानीका साथै काभ्रे, मकवानपुर, धादिङ, चितवनका साथै अन्य जिल्लाहरूमा पनि प्रशिक्षण कार्यक्रम गर्दैछ ।