काठमाडौं, ३१ वैशाख । संसदमा सरकारको नीति तथा कार्यक्रममाथि उठेको जिज्ञासाको जवाफ आज प्रधानमन्त्री केपी ओलीले दिनुहुने भएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको संसद सचिवालयले जनाएको छ ।
नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न बाँकी सांसदहरूले धारणा राखिसकेपछि प्रधानमन्त्री ओलीको जवाफ आउनेछ ।
प्रधानमन्त्रीको जवाफ आइसकेपछि राष्ट्रपतिलाई धन्यावादसहितको नीति तथा कार्यक्रम आजै संसदबाट पारित हुने कार्यक्रम छ ।
संसदमा छलफलमा रहेको नीति तथा कार्यक्रमको प्रमुख विपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दै आएको छ ।












प्रतिक्रिया