२५ कार्तिक २०८३, बुधबार

नारायणगढ–मुग्लीन सडक खुल्यो, गन्तव्यतर्फ जान थाले सवारी साधन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mulin-Nrayanghad Sadakचितवन, ३१ वैशाख । वर्षासँगै खसेको पहिरोका कारण बन्द रहेको चितवनको नारायणगढ–मुग्लिन सडक आज बिहानदेखि सञ्चालनमा आएको छ ।

बिहीबार राति १० बजे उक्त सडकको पाँच किलो, कालीखोला र जलवीरेमा पहिरो खसेर सडक अवरुद्ध हुन पुगेको थियो ।

डोजरको सहायतामा पहिरो पन्छाएर आज बिहान २ बजे बाटो खुलेपछि रोकिएका सवारी गन्तव्यतर्फ गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पानी परेका कारण सो क्षेत्रमा लेदो माटोसहितको पहिरो खसेको प्रहरीले जनाएको छ ।

सो क्षेत्रमा बाटो विस्तारको काम भइरहेकाले सामान्य वर्षा हुने बित्तिकै पहिरोका कारण गाडी सञ्चालनमा अवरोध हुँदै आएको छ ।

गत हप्ता पनि यो पहिरो खसेर बाटो बन्द भएको थियो । उक्त सडक अवरोध हुँदा चितवनबाट काठमाडौं र पोखरा आवतजावत गर्ने सवारी बढी मारमा पर्ने गर्छन् ।