८ कार्तिक २०८३, आइतबार

पूर्व राष्ट्रपतिलाई यति ठूलो अपमान ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakistan-flagकाठमाडौं, ३१ वैशाख । पाकिस्तानको विशेष अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई भगौडा घोषणा गरेको छ ।

अदालतले अन्तिम सुनुवाइका क्रममा परवेज मुसर्रफलाई तत्काल पक्राउ गर्न आदेश दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

उनलाई धरौटीमा छोड्न पनि नहुने अदालतको आदेश छ । पाकिस्तानका पूर्वराष्ट्रपति एवं प्रधानसेनापति मुसर्रफमाथि राजद्रोहको मुद्दा चलिरहेको छ ।

अदालतले उनलाई अदालतमा पटक पटक उपस्थित हुन आदेश दिँदै आएको छ । उनले अदालतको आदेशलाई बेवास्ता गर्दै आएका छन् ।

अदालतले ३० दिनभित्र उनलाई अदालतमा हाजिर गराउन सरकारी अधिकारीलाई भनेको छ ।

७२ वर्षीय मुसर्रफको हाल दुबईमा छन् । उनी स्वास्थ्यको कारण देखाउँदै पाकिस्तानबाट दुबई गएका हुन् ।

अदालतले मुसर्रफ भगौडा भएको जानकारी सार्वजनिक गर्न सरकारलाई अनुरोध गरेको छ ।

सरकारले उनी भगौडा भएको भन्दै सञ्चारमाध्यममा विज्ञापन प्रकाशन÷प्रसारण गर्नुपर्ने फैसला सुनाएको छ ।

उनी भगौडा भएको विज्ञापन प्रकाशित गरिएका पोस्टरहरू अदालत र सैनिक शासकका घरका बाहिर टाँस्न पनि आदेश दिएको छ । अदालतले अर्को सुनुवाइ १२ जुलाईमा गर्ने भएको छ ।

उक्त सुनुवाइमा अभियुक्तको सम्पत्तिको सबै व्यहोरा प्रस्तुन गर्नुपर्ने भएको छ ।

यसका साथै संघीय जाँच एजेन्सी एफआइएले मुसर्रफलाई ३० दिनभित्र अदालतमा उपस्थित गराउनुपर्ने छ ।

मुसर्रफ सन् १९९९ मा सत्तामा आएका थिए । उनले नवाज सरिफलाई पदच्युत गरी सत्ता आफ्नो हातमा लिएका थिए ।

नवाज सरिफले एक कार्यक्रममा सहभागी भएर पाकिस्तान फर्कँदै गरेका मुसर्रफलाई विमान ध्वस्त बनाएर मार्न खोजेका थिए ।

सेनाले उनलाई साथ दिएपछि सरिफ पक्राउ परेका थिए । जनताले विरोध प्रदर्शन गरेपछि मुसर्रफ सन् २००८ मा विदेश पलायन भएका थिए ।

सन् २०१३ मा भएको निर्वाचनमा भाग लिन उनी पाकिस्तान फर्किएका थिए । चुनावमा हार भएपछि वर्तमान सरकारले उनीमाथि विभिन्न मुद्दा चलाउँदै आएको छ ।