काठमाडौं, ३० वैशाख । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले नेपाल–भारत सम्बन्धलाई चीनसँग तुलना गर्न नमिल्ने बताएका छन् ।
भारतीय पत्रिका नवभारत टाइम्समा विहीबार प्रकाशित समाचारमा नेपाल–भारत सम्बन्ध विग्रिएको जस्तो देखिएको बेला परराष्ट्रमन्त्री थापाले नेपाल एक देशको आफ्नो सम्बन्ध अर्काे देशसँग तुलना कहिल्यै नगर्ने बताएका हुन् ।
उनले भारत र चीन दुबै छिमेकी देशसँग ‘सहयोगात्मक र मित्रवत’ आदान प्रदानको पैरवी पनि गरेका छन् । उनले भने– ‘हामी एक देशसँग आफ्नो सम्बन्धको तुलना कुनै अर्काे देशको सम्बन्धसँग गर्दैनौं । हरेक देशका लागि मित्रता र सहयोग चिनाउने आधार र तथ्य अलग अलग हुन्छ र द्धिपक्षीय सम्बन्ध नै राम्रो हुन्छ ।’
उनले भारत र चीनले शानदार आर्थिक विकास, विज्ञान एवं औद्योगिकका साथै जीवनस्तर बदल्नमा शानदार प्रगति गरेका छन् । हामी यी दुबै छिमेकीको प्रगतिबाट प्ररित छौं । उनीहरुको बीचमा हामी (नेपाल) हुँदा हाम्रो धारणा के हो भने उनीहरुको समृद्धिबाट हामीले लाभ लिन सकौं ।’













प्रतिक्रिया