८ कार्तिक २०८३, आइतबार

नेपाल प्रहरीका एसएसपी चन्दलाई ९ महिनाको जेल सजायँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Logooकाठमाडौं, ३० वैशाख । जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको ठहर गरी तत्कालिन अञ्चल प्रहरी कार्यालय, बागमतीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रेमबहादुर चन्दलाई विशेष अदालतले ९ महिना कैद हुने फैसला सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई तथा सदस्यहरू प्रभा बस्नेत र महेशप्रसाद पुडासैनीको इजलासले एसएसपी चन्दलाई नौ महिना कैद हुने गरी फैसला सुनाएको अदालतका उपरजिस्ट्रार लेखनाथ भट्टराईले बताए ।

विशेष अदालतले खरिद गरिएका भनिएका जग्गाधनीहरू रामकुमार भालु, रामेश्वर कायस्थ र सुनिल राजवंशीलाई जनही ३ महिना कैद हुने ठहर गरेको छ ।

जग्गा खरिद गर्दा भ्रष्टाचार भएको दाबी गरी अख्तियारले २०७० पुस ७ गते एसएसपी चन्दसहित ३ जना जग्गाधनीहरूलाई प्रतिवादी बनाइ विशेष अदालतमा मुद्दा दायर गरेको थियो । नेपाल समाचारपत्रमा खबर छ ।