८ कार्तिक २०८३, आइतबार

नेपालविरुद्ध भारतीय दूतावासको अर्काे षडयन्त्र, रञ्जीत रेले मधेसमा खटाए कर्मचारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Embassy

राजविराज, ३० वैशाख । भारतीय अधिकारी र कर्मचारीले मधेसवादी दलका जिल्लास्तरीय नेता, कार्यकर्तालाई भेटेर घोषित आन्दोलनबारे जिज्ञासा राखेका छन् ।

काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारले मंगलबार राति राजविराजको एक निजी इन्स्टिच्युटमा मधेसवादी दलका नेताहरुलाई भेटेका हुन् । उनीहरुले मधेसकेन्द्रीत दलसहितको संघीय गठबन्धनले आहवान गरेको राजधानी केन्द्रीत आन्दोलनबारे कुराकानी गरे ।

नेपाल–भारत मैत्री संघद्वारा बुधबार आयोजित पाठेघर र स्तन क्यानसर परीक्षण शिविर उद्घाटनका लागि मंगलबार साँझ आएका चिफ अफ मिसन विनयकुमार होटल डिलक्समा बास बसेका थिए । त्यहाँ केहिबेरको आरामपछि राजविराज ८ स्थित छिन्नमस्त एजुकेसनल एकेडेमी छिरेका थिए । उक्त एकेडेमीले सिटीईभीटिद्वारा अनुमति लिएर स्टाफ नर्ससहित स्वास्थ्यसम्बन्धी अध्यापन गराउँदै आएको छ ।

त्यहाँ झन्डै दुई घण्टाको बसाइका क्रममा उनले अन्य व्यक्तिसँगै मधेसकेन्द्रीत दलका केन्द्रीय र स्थानीय नेतासित छुट्टै गोप्य छलफल गरेको सहभागीले जानकारी दिए ।

उनीसँग मधेसी मोर्चा सप्तरीका संयोजक राजेन्द्र मण्डल, राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय उपाध्यक्ष शेखरकुमार सिंह, संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य सैलेन्द्रप्रसाद शाह, वयोवृद्ध मधेसी नेता खुसीलाल मण्डल, तराई मधेस सद्भावना पार्टीका जिल्ला अध्यक्ष कपिलदेव यादव लगायतले भेटेका हुन् ।

भारतीय अधिकारी र दलका नेताको भेटको तारताम्य छिन्नमस्त एजुकेसनल एकेडेमीका सञ्चालक शैलेन्द्रमाहन झाले मिलाएका थिए ।
उनी भारतीय दूतावास निकटस्थ मानिन्छन् । नेपाल भारत मैत्री संघ केन्द्रीय सदस्य समेत हुन् ।

भेटमा सहभागी एक नेताका अनुसार भारतीय अधिकारीले जिल्ला केन्द्रीत आन्दोलनभन्दा पनि राजधानी केन्द्रीत आन्दोलनले सरकारलाई धक्का पुग्ने भएकाले संघिय गठबन्धनले आहवान गरेको आन्दोलनमा अत्याधिक सहभागिता बढाउन आग्रह गरेका थिए । कान्तिपुर दैनिकमा समाचार छ ।