काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी ओलीले नेपालको पछिल्लो राजनीतिक अवस्थाका विषयमा कुटनीतिज्ञहरुलाई जानकारी गराउनु भएको छ ।
राजधानीमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकको पछिल्लो विकसित राजनीतिक अवस्थाका विषयमा जानकारी गराउनुभएको हो । त्यसक्रममा उहाँले आफूले नेतृत्व गरेको सरकार म्यादी सरकार भएको बताउँदै तर, संकटमा नरहेको स्पष्ट पार्नुभएको थियो ।
उहाँले भन्नुभयो- ‘तत्काल सरकार परिवर्तन हुँदैन् । यही सरकारले स्थानीय चुनाव गराउँछ । तपाईहरुले नेपालको वस्तुगत स्थिती र संवेदनशीलता ख्याल गरिदिनुपर्यो ।’
सो कार्यक्रममा उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाको पनि सहभागिता रहेको थियो ।
सरकार परिवर्तनका साथै केही कूटनीतिज्ञहरुले आफ्नो पदीय मर्यादा विपरीतका गतिविधि गरिरहेका बेला प्रधानमन्त्री ओलीले सबै कूटनीतिज्ञहरुलाई बोलाएर ब्रिफिङ गर्नुभएको हो ।













प्रतिक्रिया