२५ कार्तिक २०८३, बुधबार

सरकारको नीति तथा कार्यक्रमको प्रचण्डद्धारा आलोचना, संसदबाटै दिए चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

काठमाडौं, २९ वैशाख । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सरकारले ल्याएको नीति तथा कार्यक्रमको आलोचना गरेका छन् ।

बुधबार व्यवस्थापिका संसदमा नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रममा शान्ति प्रक्रिया पूरा गर्ने ठोस कार्यक्रम नरहेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

आफूहरुसँग एमालेले गरेको ९ बुँदे सहमतिमा शान्ति प्रक्रियालाई प्रमुखताका साथ जोड दिएपनि सरकारको कार्यक्रममा भने ठोस योजना नआउँदा आफूलाई आश्यर्च लागेको भन्दै प्रचण्डले भने- ‘शान्ति प्रक्रिया गम्भीर विषय हो । यसमा एमाले र कांग्रेस पनि गम्भीर बन्नुपर्छ । यसलाई वेवास्था गरे देश फेरि दुर्घटनामा जानसक्छ ।’

द्वन्द्वकालिन घटनालाई हल्का रुपमा लिन नहुने भन्दै प्रचण्डले यसलाई गम्भीरताका साथ नलिए देश र सबै नेता फस्ने चेतावनी दिए । ‘शान्ति प्रक्रियाको विषय कानुनको समान्य सिद्धान्त अनुसार वा परम्परगात रुपमा हल हुन सक्दैन । बृहत शान्ति सम्झौता अनुसार काम गर्नुपर्छ । यो कुरा सबैले बुझ्न पर्‍यो,’ प्रचण्डले भने ।

सरकारका नीति तथा कार्यक्रममा अन्य कार्यक्रमहरु सकारात्मक भएको भन्दै उनले कति कार्यान्वयन हुन्छन् त्यसमा भर पर्ने धारणा राखे ।

अहिलेको आवश्यकता राष्ट्रिय सहमति हो भन्दै प्रचण्डले म्यादी सरकार भनेर आलोचना गर्दै बस्न नहुने बताए । ‘नेपालमा २००७ सालदेखि म्यादी सरकार बनेका छन् । कसलाई म्यादी भन्ने ? अहिलेको सरकारलाई म्यादी भन्नुको कुनै अर्थ छैन्,’ प्रचण्डले भने ।