२५ कार्तिक २०८३, बुधबार

‘स्थानिय निर्वाचन रोक्न भारतको अर्काे चाल, काँग्रेस र एमाओवादीलाई खटायो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Naryanman-bijukcheभक्तपुर, २९ वैशाख । नेपाल मजदुर किसानका पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले स्थानिय निकायको निर्वाचनको मिति तय भएपनि भारतले नचाहेसम्म निर्वाचन असम्भव रहेको बताएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले स्थानिय निकायको निर्वाचन हुन नदिन नेपाली काँग्रेस, एमाओवादी र मधेशबादी दलहरुलाई भारतले उपयोग गरेको आरोप लगाउँदै भारतले नचाहेसम्म स्थानिय निकायको निर्वाचन असम्भब रहेको बताए ।

उनले भने- ‘स्थानिय निर्वाचन रोक्न भारतले खेल सुरु गरिसकेको छ । काँग्रेस र एमाओवादी र मधेसवादी दलका केही प्रतिनिधि खटिसके । भारतले नचाँहेसम्म चुनाव हुन असम्भव छ ।’

भारतका लागि नेपाली राजदुत दिप कुमार उपाध्यायले नेपाल सरकारको निर्णय भन्दा पनि काँग्रेस पार्टीको कार्यकर्ताका भूमिका खेलकै कारण उनलाई फिर्ता बोलाईएको भन्दै सरकारले उनलाई फिर्ता बोलाएर सहि काम गरेको उनले बताए ।

नेपाल र भारतको तलब खाएर भारतले राखेका झन्डै २२ हजार कर्मचारीलाई सरकारले कुनै बहानामा छोएमा सरकार परिवर्तनको खेल सुरु हुने भन्दै उनले भने- ‘नेपाल आयल निगमका महानिर्देशक, प्राधिकरणक लगायत बिभिन्न क्षेत्रका ब्यक्तिहरुलाई पहिचान गरेर कारवाहि गर्नु पर्छ ।’

एमाओबादी , काँग्रेस र मधेशबादी दलहरुले सरकार परिवर्तनको बिषय आफूले उठान नगरेको भन्दै उनले भने, ‘बिभिन्न स्थानमा ठूलो आर्थिक कमिशनको खेल सुरु भएको छ र त्यसको प्रत्यक्ष लाभ भारतलाई हुने भएकाले उनीहरु गोट्टीको रुपमा प्रस्तुत भएका हुन् ।’