२५ कार्तिक २०८३, बुधबार

सङ्घीय गठबन्धनले अब वार्ता गर्दैन, आन्दोलनबाटै सरकार झुक्छः यादव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-Yadavविराटनगर, २९ वैशाख । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गठबन्धन अब वार्ताको पक्षमा नरहेको र आन्दोलनको तयारीमा जुटेको बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार बिहान पत्रकारसँग कुराकानी गर्दै उहाँले ३६ पटक वार्ता भए पनि सरकार एक कदम पनि अगाडि नबढ्ने भएकाले अब वार्तामा नबस्ने, अधिकार प्राप्तिका लागि आन्दोलनको निरन्तरता दिने बताए ।

आन्दोलनको स्वरुप परिवर्तन गरिएको उल्लेख गर्दै उनले जेठ २ गतेदेखि सिहदरबार घेराउ गर्ने, यदि सरकार दमनको बाटो अख्तियार गर्यो‍ भने जनताले प्रतिकार गर्ने स्पष्ट पारे ।

सङ्घीयताको टुङ्गो नलगाई स्थानीय निकायको निर्वाचन गराउनु भनेको सङ्घीयतालाई समाप्त पार्ने कार्य हुने उल्लेख गर्दै उनले भने, “स्थानीय निकायको पुनःसंरचना हुनुपर्ने, संविधानको पुनःलेखन र स्थानीय निकायको निर्वाचन गराउने अधिकार प्रादेशिक सरकारको हो, केन्द्रीय सरकारले गर्न मिल्दैन् ।”

उनले सङ्घीय गठबन्धन सरकार बनाउने खेलमा नरहेको जानकारी गराउँदै मधेसी, आदिवासी जनजाति, महिला, दलितलगायतको अधिकारका लागि सङ्घर्षमा लाग्ने बताए । रासस