
काठमाडौं, २९ वैशाख । सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले सबै माओवादीहरु पार्टी एकता गर्ने निर्णय गरेको छ ।
बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले सबै माओवादीहरु एकता गर्ने निर्णय गरेको महासचिव कृष्ण महराले जानकारी दिए ।
उनका अनुसार पार्टी एकताको तयारीका लागि जेठ १ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय पनि स्थायी समितिले गरेको छ ।
‘सम्पूर्ण राजनीतिक, वैचारिक र सांगठनिक सहमतिका निम्ति उहाँहरुसँग छलफल गरेर भोली, पर्सीसम्म सबै तय हुन्छ’ उनले भने ।












प्रतिक्रिया