काठमाडौं, २९ वैशाख । ‘नाकको उपचार गर्न मेरो अझै दुई चार दिन दिल्ली बस्ने कार्यक्रम थियो । तर, यताबाट सरकार ढाल्नुपर्यो, छिटो आइज भनेर ताकेता लगाएको लगायै गरे । म आएँ । आएर यो मान्छेको ताल देख्दा छक्क परेको छु ।’
गल साताको सरकार ढाल्ने र बचाउने प्रचण्डबारे आफ्ना निकटस्थसँग शेरबहादुर देउवाले भन्दै गए, ‘मैले सरकार ढालौँ पनि भनेको होइन । उ आफैँ आयो । त्यतिले नपुगेर कुरा गर्न अनेक मान्छे पठायो ।’
प्रचण्डले देउवालाई भनेका रहेछन् ‘अहिले मलाई चलाउन दिनुहोस् । नौ महिना रहन्छु र त्यसपछिको बाँकी नौँ महिना तपाईँले चलाएर चुनाव गराउनुहोस ।’
केन्द्रीय कार्यसमितिका विश्वासिलामाझ गल्ती स्वीकार्दै देउवाले भने ‘मान्छे यति विश्वासघाती हुन्छन भन्ने कल्पना पनि गरेको थिइनँ । अव यो मान्छेसँग फेरि कुरा गर्दा १० मिनेट सोच्नुपर्छ ।’
उनले भारतको चाहना पनि सुनाए– ‘पहिले ओलीको सरकार विदा गर्नुपर्ने भन्ने थियो । तर प्रचण्डलाई प्रधानमन्त्री बनाएर भएपनि ओलीलाई बिदा गर्नुपर्छ भन्ने थप लाइन आयो । मैले त म आफैँ बन्नेगरी सोचेको थिएँ । दिल्ली जानुअघि पनि प्रचण्डसँग पटक–पटक कुरा भएको हो ।’
जनआस्था साप्ताहिकमा समाचार छ ।
















प्रतिक्रिया