२५ कार्तिक २०८३, बुधबार

भूकम्पले बिहानै धादिङ र राजधानीमा भागाभाग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukampa Dhadingकाठमाडौं, २९ वैशाख । धादिङलाई केन्द्रबिन्दु बनाएर आज (बुधबार) बिहान ४.४ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ७ बजेर ४ मिनेटमा धादिङको मार्पाक नजिकै भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

धादिङ र छिमेकी जिल्लाहरूमा यसको झट्का ठूलै महसुश गरिएको छ । कम्पपछि धादिङ, नुवाकोट र रसुवाका स्थानीयबासी घर बाहिर निस्केका थिए ।

कक्षा १२ को परीक्षा सुरू भएकोले कतिपय परीक्षार्थी परीक्षा हल नै छाडेर निस्केका थिए ।

केन्द्रले उक्त कम्प २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प भएको जनाएको छ ।

गत वैशाख २९ गते दोलखालाई केन्द्रबिन्दू बनाएर ६.८ रेक्टर स्केलको परकम्प गएको थियो । उक्त परकम्प गोरखा भूकम्पपछिको ठूलो हो ।