८ कार्तिक २०८३, आइतबार

स्टकुटीमा बसेकी महिलालाई…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sexy lady Scooty Mahilaकाठमाडौं, २९ वैशाख । काठमाडौं ज्ञानेश्वरकी ऋतिका भट्टराई स्कुटी चलाउन थालेको ५ वर्ष भयो । उनको हँकाइ कुनै पुरुष चालकको भन्दा कम छैन् ।

उपत्यका बाहिर ८० र उपत्यकाभित्र ६० प्रतिकिमी प्रतिघन्टा गतिमा निर्धक्क स्कुटी चलाउने आँट उनमा छ । नागरिक दैनिकले समाचार छापेको छ ।

हँकाइ र गतिका कारण कहिल्यै दुःख पाएको घटना छैन । तर माइक्रोबस र बसका चालकले भने हैरानी खेलाउँछन् ।

उनीसँग कैयन यस्ता घटना छन् जसमा महिला भएकै कारण पुरुष चालकबाट हैरानी खेप्नुपरेको छ ।

भट्टराई गत माघमा स्कुटी चलाउँदै न्यूरोड महाकाल मन्दिर नजिक पुगेकी थिइन ।

पछाडिबाट आउँदै गरेको माइक्रोबसको चालकले अत्यास लाग्ने गरी हर्न बजायो । स्कुटीलाई ढेस्यो ।

उनले तत्काल ब्रेक लगाइन र खुट्टा टेकेर आफू र पछाडि बसेकी साथीलाई दुर्घटनाबाट बचाइन ।