
काठमाडौँ, २८ वैशाख । राजधानीको पर्यटकीय सहर ठमेलमा प्रहरीमाथि आक्रमण भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ड्युटीमा रहेका प्रहरी कर्मचारीलाई कुटपिट गर्ने थानकोट बस्ने धादिङ तसर्पु–८ घर भएका २५ बर्षीय बिशाल लामा, गोरखा घर भएका ३४ बर्षीय रेशम बहादुर राना, चितवन मंगलपुर–९ घर भएका २४ बर्षीय राजेश दवाडी र २४ बर्षीय अमृत देवकोटालाई प्रहरीले पक्राउ गरेको छ ।
मादक पदार्थ सेवन गरेका उनीहरुले सोमबार राति ठमेल स्थित हिमालय बैंक नजिक क्यूआरटी डिउटीमा रहेका महानगरीय प्रहरी बृत दरबारमार्गमा कार्यरत दुईजना प्रहरीलाई कुटपिट गरेका थिए ।
प्रहरीलाई कुटपिट गरेको देखि छुट्याउन क्रममा देलखा घेलुङ–८ घर भएका बा.१ ज २१२० नम्वरका ट्याक्सी चालक राम बहादुर तामाङ समेत घाइते भएका थिए ।
घाइतेहरुलाई उपचारको लागि बीर अस्पताल लगिएकोमा उपचार पश्चात फिर्ता भएका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया