काठमाडौं, २८ वैशाख । एमालेका सांसद तथा वरिष्ठ नेता झलनाथ खनालले सरकारले ल्याएको नीति तथा कार्यक्रमले जनतामा महत्वकांक्षा बढाइदिएको बताउनुभएको छ ।
संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै खनालले मुलुकको विकासका लागि निम्ति कृषिमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले विकासका लागि राजमार्ग र बाटोलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।
पहाडी क्षेत्रको पुष्पलाल राजमार्गलाई छिटो निर्माण गर्नुपर्ने भन्दै उहाँले तराईको हुलाकी राजमार्ग पनि बनाउने पर्ने उल्लेख गर्नुभयो ।
पहाडी क्षेत्रमा रेलमार्ग बनाउनुपर्ने भन्दै एमाले वरिष्ठ नेता खनालले भन्नुभयो, ‘चीनबाट तराई जोड्ने रेलमार्ग बन्दैछ । पहाडमा पनि छिटोभन्दा छिटो रेलमार्ग बनाइनुपर्छ ।’













प्रतिक्रिया