२५ कार्तिक २०८३, बुधबार

पानामा पेपर्स काण्डः मध्यरातमा सार्वजनिक भयो ७ नेपालीको नाम, महतो पनि परे

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Panama-Papers-map-Nepal

काठमाडौं, २८ वैशाख । संसारभरका कर छलि गर्ने व्यक्तिहरुको पोल खोलेको पानामा पेपर्स काण्डमा मुछिएका ७ नेपालीको नाम सोमबार मध्यराति सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय खोज पत्रकार समूह (आईसीआईजे) ले ७ नेपालीको नाम सार्वजनिक गरेको हो । जसमा महतोदेखि चौधरी थरका नेपालीहरु परेका छन् ।

आफ्नो प्रारम्भिक प्रतिवदेशन सार्वजनिक गरेको करिब एक महिनापछि अफसोर कारोबार गर्ने नेपाली व्यक्ति र कम्पनीहरुको सूचनी आईसीआईजेले सोमबार राति सार्वजनिक गरेको हो ।

जसमा उपेन्द्र महतो (पूर्व एनआरएन अध्यक्ष), अरुणकुमार चौधरी (विनोद चौधरी ग्रुपका म्यानेजिङ डाइरेक्टर) नवाङ डोल्मा, उमादेवी सिंहानिया, सुभांस कुमार चौधरी, करन कुमार चौधरी, शिला चौधरी परेका छन् ।

सन २०१३ को स्वीस लिक्समा मुछिएका १३ जनाको नाम पनि सोमबारको पनामा लिक्समा समावेश गरिएको छ । जसमा सतिशलाल आचार्य, डाक्टर श्यामसुन्दर कर्मचार्य, शशीकान्त अग्रवाल, रेणुका प्रधान, रेखा काब्रा, शैलेन्द्र कुमार गुप्ता, हरिश कुमार तोदी, विजेश कुमार अग्रवाल, विमलकानी ताम्राकार, विजेन्द्र जोशी, विनु श्रेष्ठ, विश्वास वरसिंह थापा, राजेन्द्र कुमार काव्रा रहेका छन् ।

हेर्नुस् सूचीः

panama