काठमाडौं, २८ वैशाख । सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल हुँदैछ ।
बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु हुने संसद बैठकमा सरकारका तर्फबाट राष्ट्रपतिद्वारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा छलफल हुने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
पहिलो दिनको छलफलमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कडा प्रतिक्रियासहित धारणा राख्दैछ । कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले नै धारणा राख्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
देउवाले संसदमा बोल्ने भएपछि आफ्ना सबै सांसदलाई ठीक समयभित्र संसदमा उपस्थित हुन कांग्रेसले निर्देशन दिएको छ ।
नीति तथा कार्यक्रम र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा सभापति देउवाले सरकारविरुद्ध कडा जवाफ दिने कांग्रेस स्रोतको भनाइ छ ।












प्रतिक्रिया