८ कार्तिक २०८३, आइतबार

कर्मचारीको तलब, भत्ता दोब्बर बनाउने यस्तो छ सरकारी तयारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २८ वैशाख । सरकारले आगामी तीन वर्षभित्र विकास निर्माणमा भन्दा कर्मचारीको तलबभत्तामा दोब्बरभन्दा बढी रकम खर्चिने प्रस्ताव गरेको छ ।

त्रिवर्षीय योजना अवधि ०७३/७२–०७५/७६० भित्र प्रमुख पूर्वाधार क्षेत्रमा ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च हुने राष्ट्रिय योजना आयोगको अनुमान छ । यो रकम प्रमुख पाँच विषयगत मन्त्रालयको पुँजीगत खर्चको योग हो । कारोबार दैनिकले समाचार छापेको छ ।

आयोगको अनुमान अनुसार आउँदो वर्षदेखि आर्थिक वर्ष ०७५/७६ भित्र ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, सिंचाइ, स्थानीय विकास र खानेपानी सरसफाइ क्षेत्रका पूर्वाधारमा यो रकम विनियोजन हुनेछ ।

ती ५ मन्त्रालयका लागि जम्मा ५ खर्ब ७५ अर्ब रुपैयाँ बजेट अनुमान गरिएको छ ।

आयोगले त्रिवर्षीय योजना अवधिभित्र कुल ७ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत खर्च अनुमान गरेको छ ।

तर कर्मचारीको तलबभत्ता र निर्वत्तिभरण लगायतमा हुने कुल चालू खर्चको आकार १७ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान छ ।

त्रिवर्षीय योजना अवधिभर करिब २९ खर्ब ५ अर्ब रुपैयाँ कुल खर्च प्रक्षेपण गरिएको छ ।