२५ कार्तिक २०८३, बुधबार

म्याग्दीमा जीप दुर्घटना, ५ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

myagdiम्याग्दी, २७ वैशाख । म्याग्दीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार पश्चिम दरवाङ्गदेखि निस्कोटतर्फ गइरहेको ग १ ज ५१०६ नम्बरको बोलेरो जीप सोमबार दिउँसो दुर्घटना हुँदा त्यसमा सवार पाँच जनाको घटनास्थलमै मृत्यु भएको हो ।

म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले दुर्घटनामा पाँच जना घाइते भएको र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समा बेनी लगिएको जानकारी दिए ।

जीप सदरमुकाम बेनीबाट करिब ३० किलोमिटर पश्चिममा पर्ने निस्कोट गाविस–४ भलाविसौनास्थित सडकबाट करिब एक सय मिटर तल मिटर खसेर दुर्घटनाग्रस्त भएको थियो ।

मृतक र घाइतेको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय दरबाङको टोली अहिले घटनास्थल पुगेर शव सङ्कलन तथा उद्धार गरिरहेको छ ।