काठमाडौं, २७ वैशाख । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा लीलेन्द्रप्रसाद प्रधान अत्याधिक मतले बिजयी भएका छन् । कुल ३ सय ७२ मत मध्ये ३ सय ५९ मत खसेकोमा प्रधानले २ सय १६ मत ल्याई बिजयी भएका हुन् ।
एसोसियसनको ३९ औ साधारण सभा तथा १५ औ राष्ट्रिय सम्मेलनले प्रधानको नेत्रृत्वमा चुनावी प्रक्रियाबाट १९ जनाको नयाँ कार्यसमिति चयन गरेको छ ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रघुनाथ प्रसाद शाह र द्वितिय उपाध्यक्षमा कपिल प्रसाद अधिकारी निर्वाचित भएको छन । उहाँहरुले क्रमस १ सय ८१ र २ सय मत प्राप्त गर्नुभएको छ ।
महासचिवमा विश्व प्रसाद अर्याल निर्वाचित भएका छन । उनले २ सय ३६ मत प्राप्त गरेका छन भने कोषाध्यक्ष चर्तुभुज सरियाले २ सय ३२ मत प्राप्त गरी बिजयी भएका हुन । सचिवमा लय भण्डारी निविरोध निर्वाचित भए भने सह–सचिवमा टेकराज जोशीले २ सय ६ मत प्राप्त गरेका छन ।
सदस्यहरुमा जनक तिमिल्सिना (१४९ मत ) बसन्त भुषाल (१५३ मत ), बनी धिताल (१५४), यसु प्रधान (१८०), अनिल कुमार सिंह (१८१),केदार मान सिंह (१८६),सुर्दशन कार्की (१८९), दुर्गा बहादुर बस्नेत (१९४), राजकुमार शाह (२०५), सुनिल कुमार गुरुङ (२२६) र हिमाल गैरले (२५६) मत प्राप्त गरी बिजयी भएका छन ।
शुक्रबारदेखी सुरु भएको एसोसियसनको साधारणल सभाले नयाँ नेत्रृत्व चयन गरेपछि आइतबार सवै निर्वाचित पदाधिकारीले सफत ग्रहण गरे ।
प्रधानले पेट्रोलियम क्षेत्रमा देखिएको समस्या समाधान गरी सवै व्यवसायीको हक हितमा काम गर्ने बताए । एसोसियसन सवैको साझा संगठन भएकोले व्यवसायीलाई परेको समस्या समाधानलाई पहिलो प्राथामिकता दिने प्रतिवद्वता उहाँले व्यक्त गर्नुभयो ।















प्रतिक्रिया