८ कार्तिक २०८३, आइतबार

सरकारको नीति तथा कार्यक्रम किन भयो विरोधाभासपूर्ण ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

parliament-of-nepal-president-bidhya-devi-bhandari-onsari-ghartiकाठमाडौं, २७ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार व्यवस्थापिका संसदमा घोषणा गरेको नीति तथा कार्यक्रम र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको योजनाका बीचमा विरोधाभासपूर्ण देखिएको छ ।

भूकम्पबाट प्रभावित ३१ जिल्लाका क्षति भएका ८ लाख घरका एक एकजनलाई रोजगारी दिने र दुई वर्षभित्र क्षतिग्रस्त निजी आवास निर्माण गरी सक्ने योजना प्राधिकरणको योजना विरोधाभापूर्ण देखिएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘भूकम्पका कारणले क्षति भएका निजी घर निर्माण गर्न केही समय लाग्ने भएकाले आवासविहीन जनतालाई तत्काल छानामुनि ल्याउन सामूहिक आवास निर्माण गर्ने कार्य भइरहेको छ। भूकम्प प्रभावित क्षेत्रमा एक घर एक रोजगारी कार्यक्रम सञ्चालन गर्नुका साथै अरु क्षेत्रमा यसलाई क्रमश लागू गरिनेछ’, नीति तथा कार्यक्रममा उल्लेख छ।

भूकम्प प्रभावित जिल्लामा सामूहिक आवास निर्माण सुरु भएको छैन भने एक घर एक रोजगारीका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अहिलेसम्म कुनै योजना बनाएको छैन ।

दुई वर्षभित्र सवै निजी घर बनाउने कार्य सम्पन्न गर्ने गरी अनुदान पाउनयोग्य सबैलाई सहज रुपमा अनुदान उपलब्ध गराइने पनि नीति कार्यक्रममा उल्लेख छ ।