काठमाडौं, २६ वैशाख । सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।
व्यवस्थापिका संसदमा राष्ट्रपति विद्या देवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरिएको छ ।
यो निर्वाचन संविधानले निर्दिष्ट गरेको संक्रमणकालीन व्यवस्थाअनुसार २०७३ साल मंसिर महिनामा हुने औपचारिक घोषणा राष्ट्रपतिले संसदको रोष्ट्रमबाट गरिन् ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बाहिरी कार्यक्रममा मंसिरमा स्थानीय निकायको निर्वाचन हुने भन्दै तयारी गर्न कर्मचारी र सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।
आज सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा, रोजगार, भूकम्प पीडितको पुनर्स्थापना, स्थानीय निकायको चुनाव लगायतका लोकप्रिय विषयमा समावेश गरिएका छन् ।
फोटोः श्रीधर पौडेलबाट ।













प्रतिक्रिया