काठमाडौं, २६ वैशाख । सेवाप्रदायिक कम्पनी एनसेलले सरकारलाई विक्रीको लाभकर बुझाएको छ ।
कर नर्तिने अडान राखेको एनसेलले चौतर्फी दबाबपछि आइतबार झण्डै १० अर्ब रुपैयाँ ठूला करदाता कार्यालयमा कर बुझाएको हो । आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्माका अनुसार ३९ अर्ब तिर्नुपर्ने एनसेलले पहिलो चरणमा ९ अर्ब ९६ करोड, ९५ लाख ७१ हजार ५ सय रुपैयाँ दाखिला गरेको हो ।
बाँकी रकम पछि तिर्ने प्रतिबद्धता जनाएको एनसेलले एक्जियटाको अग्रसरतामा कर तिर्न तयार भएको हो । एनसेलले कर तिर्नका लागि आइतबार (आज)सम्मको म्याद सरकारबाट पाएको थियो ।













प्रतिक्रिया