काठमाडौं, २६ वैशाख । रोजगारीको खोजीमा हुनुहुन्छ ? हो भने तपाईका लागि जागिरको अवसर छ ।
भर्खरैमात्र मध्यपश्चिमाञ्चल विश्वविद्यालय सेवा आयोगको कार्यालयले ९९ पदका लागि दरखास्त आह्वान गरेको छ ।
आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले विश्वविद्यालय अन्तर्गत विभिन्न क्षेत्रमा अध्यापन गराउनसक्ने प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापकका लागि आवेदन मागेको हो ।
योग्यता पुगेका इच्छुक व्यक्तिले आगामी असार १ गतेसम्म दरखास्त दिन पाउनेछन् । यसबारे थप जानकारी www.mwu.edu.np बाट पनि प्राप्त गर्न सकिनेछ ।
















प्रतिक्रिया