२५ कार्तिक २०८३, बुधबार

प्रधानमन्त्रीले घोषणा गरे स्थानीय निकायको निर्वाचन, तयारी गर्न निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-Oli

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री केपी ओलीले स्थानीय निकायको निर्वाचन आगामी कातिक मसिंरभित्र हुने घोषणा गर्नुभएको छ ।

शनिबार प्रहरी प्रधान कार्यालयको निरीक्षण कार्यक्रममा बरिष्ठ प्रहरी अधिकृतहरुलाई निर्देशन दिंदै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘कातिक मसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ । त्यसका लागि तयारी गर्न थाल्नुहोस ।’ यसैगरी प्रधानमन्त्री ओलीले आगामी २०७४ माघ ७ गते भित्रमा आम निर्वाचन हुने पनि स्पष्ट पार्नुभएको छ ।

सत्तासाझेदार एमओवादीसंग भएको नौ बुंदे सहमति सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन सहयोगी हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । ‘९ बुंदे सहमति सरकारले काम गर्ने एग्रिमेन्ट पेपर हो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

देश संघीय संरचनामा गएकोले नेपाल प्रहरी पनि त्यसै ढाँचामा परिवर्तन हुन प्रहरीका बरिष्ठ अधिकारीहरुलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको छ । ‘हामी संघीय ढाँचामा गएका हौं । यसलाई राष्ट्र अर्को भयो भनेर बुझ्नुहुँदैन’ प्रधानमन्त्री ओलीले भन्नुभयो ‘संघीय प्रहरीको कार्यक्षेत्र कति के भन्ने कुरा ऐनमा स्पष्ट हुन्छ । त्यसै अनुसार काम गर्नुपर्छ ।’

नेपाल प्रहरीले समाज र सरकारका बीचमा समन्वयकारी भूमिका निर्वाह गरीररहेकोमा प्रशंशा गर्नुभयो । संक्रमणकालीन अवश्थामा समाजमा अपराधिक घटनामा बृद्धी हुने भएकोले त्यसतर्फ चनाखो हुन प्रहरीलाई प्रधानमन्त्रीले निर्देश्न दिनुभएको छ ।

अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीमा महिलाको संख्या बढाउन सरकार सकारात्मक भएको बताउनुभयो । अहिले नेपाल प्रहरीमा महिलाको संख्या ७ प्रतिशत भएकोमा आगामी तीन बर्षभित्र १० प्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो ।