– योगेन्द्र योगी
संखुवासभा, २५ वैशाख । संखुवासभा, तेह्रथुम र ताप्लेजुंग जिल्लाको संगम स्थल गुँरासको राजधानी तीनजुरे मिल्केमा गुराँस फुलेर रातै भएको छ । तीन जिल्लाको संगम तीनजुरेमा गुराँस फुलेर रातै भएपछि आन्तरिक तथा बाह्य पर्यटक बढन थालेका छन् ।
टीएमजे क्षेत्र अहिले गुराँस फुलेर राताम्मे भएपछि पर्यटनको घुइँचो लाग्न थालेको छ । गुराँस फुलेको अवलोकन गर्न र दृश्यहरु क्यामेरामा कैद
गर्न आन्तरिक तथा वाह्य पर्यटकको सङ्ख्या बढेको छ । फागुन महिनामा छिटफुट रुपमा पर्यटक आउने गरेपनि त्यसपछि दैनिकजसो
पर्यटकको सङ्ख्यामा वृद्धि भएको टुटेदेउराली प्रहरी चौकीको तथ्याङ्कमा उल्लेख छ ।
यस क्षेत्रमा पाइने २८ प्रजातिका गुराँसका कारण चचिर्च बनेको हो । वनपाखा राताम्मे हुने गरी अहिले गुराँस फुलेपछि यो क्षेत्रको पदमार्ग व्यस्त भएको एक होटल संचालकले बताए । नौ महिना सुनसान हुने यो क्षेत्र गुराँस फुलेसगै यतिबेला पर्यटकीय चहलपहल निकै बढेको स्थानीयहरु बताउछन् ।
गुराँस हेर्न बिदेशी पर्यट तथा नेपालको काठमाडौं, विराटनगर लगायत तराईका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेको स्थानीयबासी बताउँछन् ।
टिएमजेमा गुराँसको सबैभन्दा अग्लो र सबैभन्दा होचो प्रजातिसमेत पाइन्छन् । यस क्षेत्रमा गुराँसका अरू प्रजाति पनि भेटिने सम्भावना रहेको आईयूसीएनले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
१ हजार ५ सयदेखि ५ हजार ५ सय मिटर उचाइमा फैलिएको यो क्षेत्र जैविक विविधताका हिसाबले पनि उत्तिकै महत्त्वपूर्ण रहेको बुद्दिजिबिहरु
बताउछन्। शैक्षिक भ्रमणको मुख्य क्षेत्र वनेको टिएमजे क्षेत्रमा अवलोकनका लागि विद्यार्थीको समेत भीड लाग्ने गरेको छ भने नयाँ वर्ष मनाउन पनि बिभिन्न ठाउँहरुबाट मानिसहरु आउने गरेको स्थानियले बताए ।















प्रतिक्रिया