काठमाडौं, २४ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण अचानक रद्द भएको छ ।
वैशाख २७ देखि ५ दिनका लागि तय भएको राष्ट्रपतिको भारत भ्रमण अन्तिम समयमा आएर रद्द भएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
उनले भने- ‘भ्रमणको सबै तयारी पुरा भइसकेको थियो । मन्त्रिपरिषदबाट निर्णय हुन बाँकी थियो । तर, आज अचानक रद्द गरियो ।’ भ्रमणबारे मन्त्रिपरिषदले समयमै निर्णय नगर्दा रद्द भएको अधिकारीको भनाई छ ।
भ्रमण रद्द गरिएको सूचना परराष्ट्र मन्त्रालयले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यायलाई पठाइसकेको छ ।
राष्ट्रपति भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा भारत जाने तय भएको थियो भने मध्यप्रदेशको उज्जैनमा आयोजना हुने कुम्भ मेलामा पनि सहभागी हुने तय भएको थियो ।













प्रतिक्रिया