काठमाडौँ, २३ वैशाख । पार्टी गठन नै नहुदै विवादको चरम भूमरिमा फसेको नयाँ शक्तिमा पूर्व एमाओवादी र प्रर्व प्रशासकहरुको बीचमा नराम्ररी झगडा सुरु भएको छ ।
पूर्व माओवादीले विगतको माग र त्यसले पैदा गरेका विषयका आधारमा प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका भएपनि रामेश्वर खनाल, गणेश राई जस्ता व्यक्तिहरुले नयाँ शक्तिले गरि खान दिएन ।
यिनीहरुको तरिका पूरानै भएको भन्दै पूर्व प्रशासक र पूर्व माओवादी विरुद्ध लागेका छन् ।
संगठन विभाग प्रमुख समेत रहेका देवेन्द्र पौडेलले आफूखुसी संगठन बनाउदै संकट पैदा गरेको भन्दै तत्काल सचेत गराउने त्यति गर्दा पनि कुनै सुनुवाई नगरे अब नयाँ शक्ति, भनेर जान नसकिने निष्र्कमा रामेश्वर खनाले, मुमाराम खनाल, गणेश राई लगायतले डा भट्टराई एकांगी ढङ्गले अगाडि बढेको निष्कर्ष निकाल्दै तत्काल काम गर्ने तौर तरिका नमिलेको निष्कर्ष पुगेका छन् ।
विद्यार्थी, शिक्षक, डाक्टर, वकिलको संगठन नबनाउन भन्ने पूर्व प्रतिवद्धता र विचार विपरित गएर अनावश्यक रुपमा डा भट्टराईले संगठन बनाएको, पार्टीको कार्यक्रम भन्दै कहिल्यै समय नदिनेलाई नयाँ सगठन दिनु कागलाई बेल पाक्यो हर्क न विस्मात भने जस्तै देखिएको छ ।
पछिल्लो दिनमा विद्यालयको बस तथा सवारी साधन प्रयोग मात्रै होइन नौटंकी नै गरिएको छ । खनालद्वयले डा भट्टराईलाई पूरानो ढर्रा सच्याउन अन्तिम पटक दबाव दिएको बुझिएको छ । कनकमणि दिक्षित प्रकरणमा पनि खनालद्वयले अख्तियारको विरोध गर्नुपर्ने जोड दिएका थिए ।
तर पत्रकारको आवरणमा दिक्षितले गलत धन्दा चलाएका कारण कारवाही गर्नुपर्छ भन्नेमा पूर्व एमाओवादीहरु एकातिर र अर्कोतिर नयाँ शक्तिका नै नेता तथा कार्यकर्ता देखिएका छन् । तर पूर्व माओवादीले भने दिक्षितलाई कारवाहीको दायरमा ल्याउने काम जायज नै रहेको बताएपनि रामेश्वर मार्काले भने उल्टै अख्तियारको कदम गलत भएको भन्दै विरोध जनाएका थिए । पूर्व एमाओवादी र पूर्व प्रशासकको बीचमा विवाद बढ्न थालेपनि पार्टी नै नबन्दै नयाँ शक्ति नाममा लफडा सुरु भएको छ ।
जनआह्वान साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया