काठमाडौं, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनमा असन्तुष्टि जनाउँदै संघीय गठबन्धनमा आवद्ध मधेसवादी दलका सांसदहरुले व्यवस्थापिका संसदको बैठक बहिष्कार गरेका छन् ।
शुक्रबार विहान ११ बजेपछि बसेको बैठक सुरु हुनेवित्तिकै संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राई संविधान विभेदकारी भएको भन्दै यसलाई पुनर्लेखन गर्नुपर्ने र संशोधन गरिनुपर्ने मागलाई बेवास्ता गरी संविधान कुनै हालतमा पुनर्लेखन नहुने प्रधानमन्त्री ओलीको भनाईको विरोध गरे ।
उनले आफूहरु आन्दोलनमा रहेको बेला सरकारको गठबन्धनको मागको कुनै सुनुवाई नगरेको आरोप लगाउँदै संसद बैठक बहिस्कार गरेको घोषणा गरेपछि मधेसवादी दलका सांसदहरु नारावाजी गर्दै बैठक हलबाट बाहिर निस्किएका थिए ।
विहीबार (हिजो) संसदको बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मधेसवादी दललाई नश्लवादी भन्दै संविधान पुनर्लेखनको सपना नदेख्न सुझाव दिएका थिए ।













प्रतिक्रिया