२५ कार्तिक २०८३, बुधबार

‘निस्वार्थपूर्ण ढङ्गले काम गरे सफलता’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapकाठमाडौँ, २४ वैशाख । उपप्रधानमन्त्री कमल थापाले निस्वार्थपूर्ण ढङ्गले काम गरे सफलता हासिल हुने बताएका छन् ।

काठमाडौँ कलेज अफ म्यानेजमेन्टले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कुनै पनि फलको आशा नगरी काम गरेमात्र सफल भइने बताएका हुन । उनले भने- “विद्यार्थी जीवनमा अनुशासनको ठूलो महत्व हुन्छ, अनुशासित विद्यार्थीले मात्र परीक्षामा राम्रो गर्न सक्छ ।”

परराष्ट्रमन्त्रीसमेत रहेका थापाले देशको परिवर्तनमा विद्यार्थी नेतृत्वको भूमिका आवश्यक रहेको बताए ।

उनले मुलुकमा संविधान निर्माण भइसकेकाले अब देशलाई विकासको बाटोमा अगाडि लैजानुपर्दछ, राजनीतिक स्वार्थलाई त्यागेर राष्ट्रिय राष्ट्र निर्माणमा लाग्नुपर्दछ भने ।

उनले स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहेको भन्दै छिट्टै स्थानीय निकायको निर्वाचन गरिने बताए । रासस