
महेन्द्रनगर, २४ वैशाख । कञ्चनपुर जिल्लाको बेलौरीमा भएको सडक दुर्घटनामा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।
बिहीबार राति साढे ९ बजे से १ प २९७६ नम्बरको मोटरसाईकल से १ त ७५६४ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किँदा दुई वर्षीय बालिक एलिसा पल र उनी आमा ३० वर्षीया अम्बिकादेवी पालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमा–छोरीको दुर्घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा संलग्न दुवै सवारी साधन र चालकलाई ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरले नियन्त्रणमा लिएको छ ।
उता, काठमाडौंको गोँगवुस्थित नयाँ बसपार्कमा बिहीबार बेलुकी ७ बजे ब्याक गर्ने क्रममा ना ४ ख ६३४६ नम्बरको बसले सोही बसका परिचालकलाई ठक्कर दिँदा परिचालक घाइते भएका छन् ।
घाइतेको नाम र थर खुल्न सकेको छैन । घाइतलाई उपचारको लागि शिक्षण अस्पताल महाराजगंज पठाइएको छ । ठक्कर दिने बस र चालक स्थानीय प्रहरीको नियन्त्रणमा रहेका छन् ।












प्रतिक्रिया