८ कार्तिक २०८३, आइतबार

प्रचण्डले यसरी विश्वास गुमाएका रहेछन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puspakamal Dahalकाठमाडौं, २४ वैशाख । कांग्रेसले सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि जनाउँदै सरकार फेर्ने कसरतमा जुटेको एमाओवादी नेतृत्वले केही घन्टामा पछाडि फर्किएर विश्वसनीयता गुमाएको जनाएको छ ।

एमाओवादीले बिहीवार बिहान अघिल्लो दिनको आफ्नो नेतृत्वमा सरकार गठन गर्ने निर्णय फिर्ता लिँदै वर्तमान सरकारलाई नै बजेट ल्याउन दिने निर्णय लिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

एमाओवादीको एक दिन पनि टिक्न नसकेको निर्णयले उसको नेतृत्व अविश्वसनीय साथै स्पष्ट नभएको टिप्पणी कांग्रेसले गरेको छ ।

‘सरकारको कामकारबाही राम्रो भएन । कोही सरकारप्रति सन्तुष्ट हुन सकेनन् । अब सरकार फेर्नुपर्यो भनेर पहिला एमाओवादीले नै हामीसँग प्रस्ताव गरेको हो’, कांग्रेस नेता प्रकाशशरण महतले भने, ‘त्यसमा हामीले सरकारको नेतृत्व गर्ने कुनै आशा नदेखाई सरकारको कामाकारबाहीप्रतिको असन्तुष्टिमा एकरुपता भएकाले एमाओवादी नेतृत्वको सरकार निर्माणमा सहयोग गर्ने बचन दिएका हौं तर एमाओवादी नेतृत्व विश्वसनीय देखिएन ।’

कांग्रेसले एमाले अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकार भूकम्पपछि पुनर्निर्माण, राहत वितरणलगायत सामान्य काम समेत गर्न नसकेको भनेर आलोचना गर्दै आएको थियो ।