८ कार्तिक २०८३, आइतबार

‘नर्क’ भनेर चिनिने साउदीमा महिला कामदार पठाउने निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-mahilaकाठमाडौं, २४ वैशाख । खाडी मुलुकमा घरेलु काममा महिला पठाउन लगाइएको प्रतिबन्ध अढाइ वर्षपछि फुकुवा भएको छ ।

महिलालाई घरेलु काममा खाडी पठाउन हुन्छ र हुँदैन भन्ने विवादबीच बिहीवार श्रम तथा रोजगार मन्त्रालयले प्रतिबन्ध फुकुवा गरेको नागरिक दैनिकले समाचार छापेको छ ।

खाडी मुलुकमा घरेलु श्रमिक महिलामाथि चरम शारीरिक, आर्थिक शोषण भएको भन्दै २०७० असोजमा तत्कालीन सरकारले रोक लगाएको थियो ।

सरकारले बैध बाटो बन्द गरेपछि कतिपय महिला अबैध बाटो प्रयोग गरी जान थालेका थिए ।

यसरी जाँदा जोखिमका घटना झन् बढेको भन्दै श्रम अधिकारबादीले प्रतिबन्ध हटाउन माग गर्दै आएका थिए ।