काठमाडौ, २३ वैशाख । एकीकृत नेकपा माओवादीका प्रवक्ता दिनानाथ शर्माले ढिलोचाँडो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा बोल्दै शर्माले सहमतिको सरकार निर्माणको दिशामा एमाओवादी दृढतापूर्व अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्दै आफूहरुले काग्रेस र मधेसी मोर्चाले प्रचण्डको नाममा सहमति गरेकोले सहमतिको सरकार गठनमा एमाले बाधक हुन नहुने तर्क गरे ।
उनले भने, ‘हामीले सहमतिको सरकार आवश्यक छ भनेका हौ । मोर्चालाई राष्ट्रिय धारमा नल्याई कुनै पनि काम सम्भव छैन । त्यसैले काग्रेस र मोर्चा प्रचण्डको पक्षमा आएकोले एमाले बाधक बन्नु हुँदैन भनेर हामीले भनेका हौ । हामीले यो सरकारलाई बजेट ल्याउन दिन्नौ भनेको होईन ।’
प्रवक्ता शर्माले एमालेले बजेट ल्याउन दिनुस, सहमतिको सरकार निर्माणकोलागि आफूहरुले पनि प्रयास गर्ने र सहमतिको लागि बाधक नबन्ने प्रतिबद्धता ब्यक्त गरेकोले आफूहरुले यो सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिएको स्पष्ट पार्दै एमाले सहमतिको सरकार निर्माणकोलागि बाधक नबन्ने विश्वास ब्यक्त गरे ।
उनले बामपन्थीको सरकारले जनताको पक्षमा यति काम गर्यो भन्न सक्ने अवस्था नरहेको भन्दै अब पार्टी र कार्यकर्ता भन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औल्याए ।













प्रतिक्रिया